जनता टाइम्स

१८ असार २०८२, बुधबार १५:०१

गृह मन्त्रालयमा पूर्वराष्ट्रपति भण्डारीको निवेदन, सेवासुविधा फिर्ता लिन आग्रह


काठमाडौं, १८ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिनुभएको छ । बुधबार भण्डारीले आजैदेखि लागू हुने गरी सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयमा पठाउनुभएको हो । भण्डारीले गत शनिबार औपचारिक रुपमा नेकपा (एमाले)बाट सक्रीय राजनीतिमा फर्किएको घोषणा गर्नुभएको थियो । त्यसपछि उहाँले सरकारी सेवासुविधा फिर्ता गर्नुभएको हो ।