जनता टाइम्स

२१ असार २०८२, शनिबार २०:१२

सरकारबाट बाहिरिने नागरिक उन्मुक्ति पार्टीको निर्णय


काठमाडौं, २१ असार । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संघीय सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टी अध्यक्ष एवं सांसद रञ्जिता श्रेष्ठले जानकारी दिनुभयो। ‘आज हामी संसदीय दलको बैठक बसेका थियौँ, हामी सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका छौँ’, उहाँले भन्नुभयो ।

नाउपाका सांसद अरुण चौधरी हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारीमा रहनुभएको छ। उहाँले पनि भोलि नै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने तयारी भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

‘भोलि संसदमा प्रतिपक्षमा बस्छौँ, हामी सदनलाई पनि भोलि नै जानकारी गराउँछौँ’, उहाँले भन्नुभयो ।