जनता टाइम्स

२४ असार २०८२, मंगलवार ०८:०१

त्रिशुली नदीमा बाढी आउँदा दुई जना फसे, हेलिकोप्टरमार्फत उद्धार गरिँदै


काठमाडौं, २४ असार ।  त्रिशुली नदीमा बाढी आउँदा दुई जना बिचमै फसेका छन्। बिदुर नगरपालिका १ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा एक पुरुष र एक महिला फसेका हुन्। उनीहरु बिहान दाउरा संकलन गर्न पुगेका थिए। तर, बाढीले नदीको सतह बढेपछि उनीहरु रुख चढेर बसेका हुन्। अहिले घटनास्थलमा सुरक्षा कर्मी र स्थानीय पुगेका छन् भने उद्धारका लागि हेलिकोप्टर पुगेको छ।