काठमाडौं, १२ साउन। सिन्धुलीको गोलान्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भएका हायू परिवारकी माइली छोरी सम्पर्कमा आउनुभएको छ ।तीन महिनादेखि काठमाडौंमा बस्दै आएकी हायू परिवारकी माइली छोरी सुजता सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार हायू परिवारका माइली छोरी सुजता–ज्वाइँ आयुष श्रेष्ठ प्रहरीको सम्पर्कमा आउनुभएको हो ।प्रहरीले सार्वजनिक गरेको हायू परिवारका १६ जना बेपत्ता सदस्यको सूचीमा सुजताको नाम पनि उल्लेख थियो । तर उहाँ बेपत्ता नरहेको भेटिएको हो ।
प्रहरीको सम्पर्कमा आएकी सुजताले परिवारका अन्य सदस्यहरूसँग सम्पर्क हुन नसकेको बताउनुएको छ । सुजताले आफ्नो परिवारका सदस्यको खोजी गरिदिन अनुरोध गरेको प्रहरी प्रमुख सुवेदीले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्