काठमाडाैं, १३ साउन । सिन्धुलीको गोलञ्जाेर गाउँपालिका-६ छेत्पाबाट सम्पर्कविहीन भई पोखरामा फेला परेका हायु परिवारलाई आफन्तको जिम्मा लगाइएको छ ।
पाेखरा महानगरपालिका- ३० गगनगौँडामा भेटिएका उर्मिला हायुका परिवारलाई मंगलबार आफन्तको जिम्मा लगाइएको हो । पोखरा–३० स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा सोमबार बेलुका भेटिएका उनीहरूलाई ज्वाइँ नाता पर्ने धनबहादुर तामाङको जिम्मा लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो ।
उहाँलाई पोखरा महानगरपालिका-३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्तको जिम्मा लगाइएको हो । धनबहादुर हराएका मध्येकी कमला हायुका पति हुन् । प्रहरीका अनुसार बेलाबेलामा बिरामी भइरहने र धामीले त्यहाँ नबस्न भनेपछि छेत्पाबाट हिँडेको उनीहरूले बताएका छन् ।













प्रतिक्रिया दिनुहोस्