जनता टाइम्स

१५ श्रावण २०८२, बिहीबार १९:१५

नेपाललाई स्वर्णपदक विजेताहरूको देश बनाउने लक्ष्य बाेकेका छाैँ : प्रधानमन्त्री ओली


काठमाडौं, १५ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नेपाललाई स्वर्णपदक विजेताहरूको देश बनाउने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभएको छ ।

बिहीबार प्रधानमन्त्री ओलीले काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फिफा र युनेस्कोको सहकार्यमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको ‘फिफा फुटबल फर स्कुल’ परियोजनाको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो । “कीर्तिपुरको क्रिकेट रंगशाला जुन हालै पुनर्निर्माण हुँदै छ, त्यसलाई अधिकतम संरक्षण र सदुपयोगमार्फत अघि बढाइनेछ । नेपाललाई सम्पूर्ण खेलका क्षेत्रमा स्वर्णपदक विजेता देशको रूपमा चिनाउने उदेश्यका साथ हामी अगाडि बढिरहेका छौँ,” परियोजनाको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो ।

एन्फाले यो परियोजना सञ्चालन गर्न फिफाबाट ५० हजार डलर पाइसकेको छ । परियोजनाअन्तर्गत नेपालभरका १ हजार ७२ विद्यालयमा ३२ हजार ६४० वटा बल वितरण गरिनेछ । परियोजना १२ देखि १६ वर्षका विद्यार्थी लक्षित हुने एन्फाले जनाएको छ ।