जनता टाइम्स

१६ श्रावण २०८२, शुक्रबार १२:४४

वाग्मतीमा  इन्द्रबहादुर बानियाद्वारा मुख्यमन्त्री बहादुसिंह लामाको राजीनामा माग 


हेटौंडा, साउन १६ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा माग गर्नु भएको छ । उहाँले लामालाई पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको हो ।

नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित हुनु भएका बानियाँले आज बिहान पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री लामाले अब हठ त्याग्नुपर्ने बताउनुभयो । ‘उहाँले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नु भएकाले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्छ’, बानियाँले भन्नुभयो ।

मुख्यमन्त्री लामासँग आफ्नो व्यक्तिगत सम्बन्धमा कुनै मनमुटाब नरहेको पनि बानियाँले स्पष्ट पार्नु भयो । अहिलेको सन्दर्भमा नेतृत्व हस्तान्तरण गर्नु नै उहाँको लागि उचित बानियाले बताउनुभयो ।  ‘ यो व्यक्तिगत सम्बन्धको विषय होइन, यो संगठन, प्रक्रिया र आन्तरिक विश्वासको कुरा हो’, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री लामाले भने आफू राजनीतिक रूपमा बलियो आधारसहित अगाडि बढिरहेको दाबी गर्दै आउनु भएकाे छ। तर संसदीय दलको नेतामा पराजित भए पनि आफूले संवैधानिक रूपमा मुख्यमन्त्रीबाट राजीनामा दिनु नपर्ने उहाँको अडान छ ।