जनता टाइम्स

१९ श्रावण २०८२, सोमबार ००:४९

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान (फाेटाेफिचर)


काठमाडाैं, साउन १९ । प्रधानमन्त्री केपी शर्मा ओली  तुर्कमेनिस्तान प्रस्थान गर्नुभएकाे छ । प्रधानमन्त्री ओली भर्खरै मध्यरातमा फ्लाई दुबईद्वारा तुर्कमेनिस्तानकाे भ्रमणमा निस्कनुभएकाे हाे ।

उहाँ भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन जान लागेका हुन् । श्रीमति राधसकासहित प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलकाे नेतृत्व गर्दै त्यसतर्फ जानुभएकाे हाे ।

उहालाई उपप्रधानमन्त्री पकाशमान सिंहसहितका नेताहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा औपचारिक बिदाइ गर्नुभएको थियाे ।