जनता टाइम्स

२८ श्रावण २०८२, बुधबार १४:३३

इमान र नैतिकता हराएको पार्टीमा बस्न सकिन्न भन्दै एमालेमै फर्किइन् नेकपा एसका केन्द्रीय सदस्य


दाङ, साउन २८ । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य उमा काफ्ले नेकपा एमालेमै फर्कनु भएको छ । माधव नेपाल नेतृत्वको समाजवादीमा गएकोमा पछुतो मान्दै काफ्ले आज आफ्नो मुलघर एमालेमै फर्कनुभएको हो ।

दाङको लमहीबाट आवबाट सुरु भएको एमाले लुम्बिनी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठकमा एमाले सचिव तथा लुम्बिनी इञ्चार्ज पद्माकुमारी अर्याल, खीमलाल भट्टराई, लिला गिरी, चेतनारायण आचार्य, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलसहितका नेताहरुले स्वागत गर्नुभएको थियो ।

नेकपा एस त्यागेर एमाले फर्कनुभएकी नेतृ काफ्लेले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी देशका लागि आवश्यक नभएको निश्कर्षमा आफू पुगेको बताउनु भएको छ ।

केही ब्यक्तिको पदीय आकांक्षा पूरा गर्न मात्र सो पार्टी गठन गरिएको र इमान र नैतिकता हराएकोहरुको जमातमा परिणत भएकोले आफू त्यस्तो पार्टीमा रहिरहन नसकेको पनि उहाँको भनाई थियो । काफ्ले रुपन्देहीको सिद्धार्थ नगरपालिकाकी पूर्वउपमेयर हुनुहुन्छ ।