जनता टाइम्स

३१ श्रावण २०८२, शनिबार १२:०५

ब्रम्हकुमारी राजयोग सेवा केन्द्र रामेछापमा यसरी मनाइयो श्रीकृष्ण जन्माष्टमी


रामेछाप,साउन ३१ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शनिबार बिहान ब्रम्हकुमारी राजयोग सेवा केन्द्र मन्थलीले विशेष कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा विविध नृत्य प्रस्तुतिहरूका साथै अतिथिहरूबिच शुभकामना आदानप्रदान गरिएको थियो ।

रामेछाप जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा लगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । उहाँहरूले श्रीकृष्णलाई धर्म, कर्म र प्रेमको प्रेरणाका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिनुभयाे ।

कार्यक्रमबारे जानकारी दिँदै सेवा केन्द्रकी प्रमुख सिता बहिनीले आपसी प्रेम, शान्ति, धर्म र सद्भावको सन्देश फैलाउन उद्देश्य राखेर कार्यक्रम आयोजना गरिएको बताउनुभयाे ।