जनता टाइम्स

३१ श्रावण २०८२, शनिबार १३:०५

रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै, नख्खु जेलमा राखिने


काठमाडौं, साउन ३१। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै छ।

लामिछानेलाई भैरहवास्थित रुपन्देही कारागारबाट नख्खु कारागारमा सरुवा गर्न लागिएको हो। उहाँले दिएको निवेदनका आधारमा कारागार विभागले हिजो सरुवा गर्ने निर्णय गरेको थियो।

लामिछानेलाई दिउँसो ३ः१० बजे बुद्ध एयरको जहाजमार्फत काठमाडौं ल्याइने तयारी भएको बताइएको छ। उहाँलाई स्वागत गर्नका लागि पत्नी निकिता लामिछाने पनि विमानस्थल पुग्ने तयारीमा हुनुहुन्छ भने समर्थकहरू समेत एयरपोर्टतर्फ गइरहेका छन्।

रास्वपाले पार्टी सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध स्वरूप कारबाही गरिएको भन्दै हालै हस्ताक्षर अभियान समेत सुरु गरेको छ। लामिछाने चैत २५ गतेदेखि उच्च अदालत बुटवलको आदेशपछि रुपन्देही कारागारमा थुनामा रहनुभएको थियो।