काठमाडौं, साउन ३१ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागार सारिएको छ।
शनिबार दिउँसो रुपन्देही जिल्ला कारागारबाट बुद्ध एयरको विमानमार्फत उहाँलाई काठमाडौं ल्याइएको हो। विमानस्थलमा बाक्लो सुरक्षा घेरामा प्रहरीको भ्यानमा राखेर उनलाई सोझै नख्खु कारागार लगिएको थियाे। समर्थक र सञ्चारकर्मीलाई विमानस्थल परिसरमै रोकिएको थियो र लामिछानेलाई सम्बोधन गर्न दिइएको थिएन।
लामिछानेलाई आज दिउँसो ३ बजे नै ल्याइने भनिएपनि मौसमका कारण विमान उडान ढिलो भएको थियो।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि उहाँ चैत २५ गतेदेखि रुपन्देही कारागारमा थुनामा रहनु भएकाे थियाे।













प्रतिक्रिया दिनुहोस्