जनता टाइम्स

१ भाद्र २०८२, आईतवार १२:४६

सेनाको विमानबाट प्रधानमन्त्री ओली भारत जाने


काठमाडौं, १ भदौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जाँदा नेपाली सेनाको विमान प्रयोग गर्ने हुनुभएको छ । नेपाली सेनाको यस विमानको लागि भारतीय पक्षसँग अनुमति लिने प्रक्रिया सुरु गरिएको छ।

ओलीसहितको प्रतिनिधिमण्डलले सेनाको विमानमा काठमाडौंबाट भारतको बोधगया जानुहुने छ । प्रधानमन्त्री बनेको १४ महिनापछि ‌ओलीले भदौ ३१ गते भारतको दुई दिने भ्रमण गर्नुहुने छ त्यस क्रममा दुई मुलुकका कार्यकारी प्रमुखबीच बोधगयामा भेटवार्ता हुने भएको हो।

ओलीको भ्रमण कार्यतालिकाबारे छलफल गर्न भारतीय विदेश सचिव बिक्रम मिश्री आज (आइतबार) नेपाल आउनुभएको छ । उहाँले भारतका प्रधानमन्त्री मोदीका तर्फबाट ओलीलाई भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नुभएको छ ।