काठमाडौं, ४ भदौ । रौतहटको गौरमा बुधबार दिउँसो एक युवकको चक्कु प्रहार गरी हत्या भएको छ। हत्या गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। गौर नगरपालिका–५ स्थित बरहवा तालको झुलुङ्गे पुल नजिक करिब १९२० वर्षका देखिने एक युवकको हत्या भएको हो। मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणी गिरीका अनुसार मृतकको पेट र छातीमा गहिरो चक्कु प्रहार भएको थियो। गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि जिल्ला अस्पताल गौर लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो। घटनामा संलग्न रहेको आरोपमा गौर नगरपालिका–३ का १९ वर्षीय सनोज रामलाई प्रहरीले पक्राउ गरेको छ। नन्दु महराका छोरा रामलाई चक्कु प्रहार गरेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको एसपी गिरीले जानकारी दिनुभयो । पक्राउ परेका रामलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। हत्याको कारण भने खुल्न सकेको छैन।
रौतहटमा दिनदाहाडै चक्कु प्रहार गरी युवकको विभत्स हत्या













प्रतिक्रिया दिनुहोस्