जनता टाइम्स

४ भाद्र २०८२, बुधबार २०:३३

प्रचण्डलाई रविको चिन्ताः “दुब्लाउनुभएको रहेछ”


काठमाडौं, ४ भदौ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दुब्लाएको बताउनुभएको छ ।

ललितपुरको नख्खु जेलमा लामिछानेसँगको भेटपछि प्रचण्डले सो कुरा बताउनुभएको हो । मेरो क्याबिनेटको उहाँ दुई पटकको गृहमन्त्री पनि हो। अभिभावकको नाताले मैले भेट गरेको हुँ। भैरहवा पनि जान चाहेको थिएँ। तर, जान पाएको थिइनँ, उहाँले भन्नुभयो ।

लामिछानेले भैरहवामा आफूलाई गोलघरमा राखेको अनुभूति भएको बताएको प्रचण्डको भनाइ छ। ‘भैरहवामा ठूलो पीडा भएको उहाँले सुनाउनुभयो। दुब्लाउनु पनि भएछ। यहाँ भैरहवाको तुलनामा यहाँ धेरै राम्रो रहेको र त्यसको प्रशंसा पनि गर्नुभयो’, उहाँले भन्नुभयो ।

लामिछानेले आफूमाथि सरकारले प्रतिशोध साँधेको बताएको उहाँले बताउनुभयो । तर, त्यसले पार्टीलाई फाइदा नै पुगेको लामिछानेको भनाइ छ। अदालतले नै तोकेको बिगो तिर्दा पनि त्यो सुविधा नपाएको गुनासो गर्नुभयो। सरकार र गठबन्धन मप्रति यति धेरै अनुदार र विभेद किन गर्‍यो भन्ने बुझेको छैन। कांग्रेस र एमालेले जसरी व्यवहार गर्नुभएको छ। त्यसले आफूलाई फाइदा नै भएको निष्कर्षमा पुग्नुभएको छ, लामिछानेको भनाइ प्रचण्डले सुनाउनुभयो ।