जनता टाइम्स

५ भाद्र २०८२, बिहीबार १४:१८

भारत र चीनबिचको सहमति अस्वीकार्य : कांग्रेस


काठमाडौँ, ५ भदौ। नेपाली कांग्रेसले भारत र चीनबिच नेपालको भूमि लिपुलेक र कालापानीलाई समेटेर व्यापार गर्ने सम्झौता अस्वीकार्य रहेको बताएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री गगन थापाले दुई छिमेकीबिचको सहमति अस्वीकार्य रहेको बताउनुभयो । ‘भारत र चीनबिच भएको भनिएको सहमति अस्वीकार्य छ,’ थापाले भन्नुभयो । उहाँले दुई देशबिच नेपालको भूमिलाई समेटेर व्यापार गर्ने सम्झौताविरुद्ध नेपालका सबै राजनीतिक दलहरू एक स्थानमा उभिनुपर्ने बताउनुभयो । भारत र चीनबिचको सम्झौताबारे नेपालका दलहरू एक स्थानमा उभिनुपर्छ । यस विषयलाई घरेलु राजनीतिक विषय बनाउनुहुन्न,’ महामन्त्री थापाले भन्नुभयो, ‘यसबारे नेपालका सबै राजनीतिक दल एकढिक्का भएर नेपालको भूमिमाथि आँखा लगाउने विषय हामीलाई अस्वीकार गर्छौँ भन्न सक्नुपर्छ ।’