जनता टाइम्स

९ भाद्र २०८२, सोमबार ०८:२५

गुण्डा नाइके रेस लामा पक्राउ


काठमाडौँ‍, ९ भदौ ।  गुण्डा नाइके रेस लामा भनिने गोपाल मोक्तान पक्राउ परेका छन् ।

प्रहरी वृत्त गौशालाको टोलीले लामालाई आइतबार साँझ पक्राउ गरेको हाे । गौशाला क्षेत्रमा गुन्डागर्दी गरेको र बत्तिसपुतलीको एक रेस्टुरेन्टमा एकजनामाथि अभद्र व्यवहार गरेको आरोपमा लामा पक्राउ परेका प्रहरीले जनाएको छ ।