जनता टाइम्स

९ भाद्र २०८२, सोमबार ११:५६

मन्थली क्याम्पसमा स्ववियुकाे आयाेजनामा तीज विशेष नृत्य प्रतियोगिता 


रामेछाप, भदौ ९। स्वतन्त्र विद्यार्थी युनियन, मन्थली क्याम्पसको आयोजनामा ‘तीज विशेष शुभकामना आदानप्रदान तथा नृत्य प्रतियोगिता–दर खाने कार्यक्रम’ सम्पन्न भएको छ।

कार्यक्रम स्ववियु सभापति सुशिल थापाकाे अध्यक्षता तथा मन्थली नगरपालिकाकी उपप्रमुख इश्वरी बस्नेत प्रमुख अतिथि तथा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य सुश्मा शाहीकाे विशेष आतिथ्यतामा भएकाे हाे ।

कार्यक्रममा २७ प्रतिस्पर्धीहरूले उत्साहपूर्ण सहभागिता जनाएका थिए। प्रस्तुतिहरूमध्ये लिटिल स्टार इङ्ग्लिश बोर्डिङ स्कुल समूह पहिलो स्थान हासिल गर्न सफल भएकाे छ । त्यस्तै केब्स बोर्डिङ स्कुलकी विद्यार्थी क्याट्रिना बोहोरा दोस्रो हुनुभयाे । प्रतियाेगितामा वर्षा तामाङले तेस्रो स्थान प्राप्त गर्नुभयो। प्रतियाेगितामा प्रथम, द्वितय र तृतिय हुनेले क्रमश: १० हजार, ५ हजार ३ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य रचनाहरूमा मौलिक संस्कृति झल्किएको बताइएको छ।  कार्यक्रमलाई नेकपा एमाले रामेछापका सिचिव प्रकाशकुमार कार्की लगायत जिल्ला कमिटीका नेताहरु, अनेरास्वियु केन्द्रीय सदस्य पुष्कर भट्टराई लगायत विद्यार्थी नेताहरुले सफलताकाे शुभकामना दिनुभएकाे थियाे ।

आयोजक स्वतन्त्र विद्यार्थी युनियन, मन्थली क्याम्पसले कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा अतिथिहरूप्रति आभार व्यक्त गरेको छ। सो अवसरमा सहभागी सबै प्रतिस्पर्धी तथा विजेताहरूप्रति हार्दिक बधाई र आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना सहित सहभागिताकाे प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।