जनता टाइम्स

१० भाद्र २०८२, मंगलवार १८:१६

सिन्धुपाल्चोककाे भोटेकोशीमा बोलेरो खस्दा चालक र सहचालक बेपत्ता


काठमाडाैं, भदौ १० । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ हिन्दीमा एक बोलेरो भोटेकोशी नदीमा खसेको छ।

तातोपानीबाट बाह्रबिसे तर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बोलेरो सडकबाट भोटेकोशी नदीमा खसेको हो। दुर्घटनामा चालक र सहचालक बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार, बोलेरोमा सवार सर्लाही बरथहवा नगरपालिका–२ का २३ वर्षीय चालक राजेश कुमार कुसवाह  र २५ वर्षीय सहचालक राम प्रवेश महत्तो नदीमा बगाएका छन्।

प्रहरी घटनास्थलमा उद्धार प्रयास गरिरहेका छन्।