जनता टाइम्स

१२ भाद्र २०८२, बिहीबार ०७:२९

इन्टरपोलबाट रेड नोटिस जारी भएका सुर्खेतका एक व्यक्ति कुवेतबाट पक्राउ


काठमाडौं, १२ भदौ ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका फरार एक जना व्यक्ति पक्राउ परेका छन् ।सुर्खेत भेरीगङ्गा नगरपालिका(२ सप्तरी समाझिङ्घाका कृष्ण सुनार कुवेतमा पक्राउ परेका हुन् ।सुनारलाई कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा पक्राउ गरेर बुधबार नेपाल ल्याइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । उनलाई कसुरबमोजिम कानूनी कारबाहीको लागि सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाइने छ ।