काठमाडौं, भदाै १२। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ऋषि पञ्चमीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उहाँले ऋषि पञ्चमीलाई केवल कर्मकाण्ड नभई संस्कार र शुद्धताको प्रतीकका रूपमा लिनुपर्ने बत्ताउनुभएको छ । प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, ‘आज तीजको समापन, अर्थात् ऋषि पञ्चमी, हाम्रो समाजमा ऋषि पञ्चमी व्रतलाई कर्मकाण्ड मात्र होइन, संस्कार र शुद्धताको प्रतीकको रूपमा लिने गरिन्छ, मातृत्वको सम्मान र नारी शक्तिको अपरिहार्यता व्यक्त गर्ने यस पर्वको अवसरमा सबै दिदीबहिनीहरूलाई आरोग्य र दीर्घायुको शुभकामना ।’
उहाँले ऋषि पञ्चमीलाई नारी शक्तिको सम्मान र मातृत्वप्रति आदर व्यक्त गर्ने पर्वका रूपमा ग्रहण गर्दै समाजलाई संस्कार र मूल्यमा जोड्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्