जनता टाइम्स

१२ भाद्र २०८२, बिहीबार १२:५५

अर्थ मन्त्री पौडेल र चीनका भन्सार उपमन्त्री वाङ्ग लिङजुनबिच शिष्टाचार भेट,  भन्सार नाकाहरुको व्यवस्थापन बारे छलफल 


काठमाडौं, भदाै १२। उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबिच शिष्टाचार भेटघाट भएको छ।

भेटमा नेपाल–चीन सम्बन्धमा दुई देशबिचका भन्सार नाकाहरूको व्यवस्थापन, बाढीले क्षति पुर्‍याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमति अनुसारका सडक पूर्वाधारहरूको स्तरोन्नति, नेपाल–चीनबिचको व्यापार तथा विगतमा भएका सहमतिहरूको कार्यान्वयन लगायतका विषयमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ।

सचिवालयका अनुसार, भेटघाट द्विपक्षीय सम्बन्ध मजबुत पार्ने र आर्थिक तथा पूर्वाधार विकासका योजनाहरू द्रुतगतिमा अगाडि बढाउने उद्देश्यले भएको हाे।