काठमाडौं, भदौ १७। राैतहटकाे राजपुर नगरपालिकाका पूर्व नगर प्रमुख शेख शकील एमाले प्रवेश गर्नुभएकाे छ ।
पार्टी महासचिव शंकर पोखरेलले खादा ओढाएर शकीललाई एमालेमा स्वागत गर्नुभयाे। कार्यक्रममा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार एवं सह–महासचिव विष्णु रिमाल, संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष अनिल कुमार झा, सचिव महम्मद अतीउल्लाहलगायतका नेताहरूको उपस्थिति थियो।
राजपुर नगरपालिका–४ निवासी शकील २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुखमा विजयी हुनुभएकाे थियाे ।शकील नेपाली कांग्रेसका नेता शेख इदरीसका भतिजा र पूर्वमन्त्री आफताब आलमका काकाका छोरा हुन्। उहाँका परिवार तथा समर्थकहरू समेत एमाले प्रवेश कार्यक्रममा सहभागी भएका थिए।
शकीलको प्रवेशले एमालेलाई मधेस प्रदेशमा थप सुदृढ बनाउने विश्वास पार्टी नेताहरूले व्यक्त गरेका छन्।













प्रतिक्रिया दिनुहोस्