काठमाडौं, मंसिर ३ । श्रीलंकाका नवनिर्वाचि राष्ट्रपति गोतभाया राजपाक्षले बुद्धको जन्मभूमिका रूपमा नेपालको श्रीलंकाली जनताका मुटुमा विशेष स्थान रहेको बताउनु भएको छ ।
राष्ट्रपतिमा निर्वाचित भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राजापाक्षेलाई दिनुभएको बधाईको जवाफ फर्काउँदै उहाँले सो भनाई राख्नुभएको हो । श्रीलंकाको राष्ट्रपति निर्वाचित भएकोमा प्रधानमन्त्री ओलीले ट्विटरमार्फत दिनुभएको बधाई फर्काउँदै राजापाक्षेले नेपाल सधै श्रीलंकालीको मनमा बसेको बताउनु भयो ।
ट्विटरमार्फत नै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिदै राजापाक्षेले सार्क क्षेत्रको आर्थिक सम्वृद्धि र शान्तिपूर्ण सहअस्तित्वका लागि काम गर्ने बताउनु भयो । उहाँले ओलीसँग चाँडै भेट्ने आफ्नो चाहनासमेत व्यक्त गर्नुभएको छ । केही दिन अघि सम्पन्न निर्वाचनमा उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । राजापक्ष पूर्वराष्ट्रपति महिन्दा राजापाक्षे भाइ हुनुहुन्छ । श्रीलंकामा तामिल विद्रोहीलाई दबाउन उहाँको मुख्य भूमिका रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्