जनता टाइम्स

१८ भाद्र २०८२, बुधबार २१:४३

न्याय सेवाका ३० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं, १८ भदौ । न्याय सेवाका ३० जना कर्मचारीहरूको सरुवा भएको छ । सरुवा हुनेमा उपसचिव र सहसचिव तहका कर्मचारी छन् । न्याय सेवा आयोगको बुधबारको निर्णयानुसार उनीहरूको सरुवा भएको हो । सरुवा सूचीअनुसार विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियाको न्याय परिषद् सचिवालय सरुवा भएको छ । यसैगरी, उच्च अदालत पाटनका रजिस्ट्रार श्रीलाल पौडेलको सर्वोच्च अदालत, सर्वोच्च अदालतका सहरजिस्ट्रार वेदप्रसाद उप्रेतीको विशेष अदालत सरुवा भएको छ । यस्तै, न्यााय परिषद् सचिवालयका सहसचिव डा.अशोककुमार क्षेत्रीको उच्च अदालत पाटन, उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका रजिस्ट्रार दीपक भण्डारीको सर्वोच्च अदातमा सरुवा भएको छ ।

हेर्नुहोस् सरुवा सूची

[pdf-embedder url=”https://janatatimes.com/wp-content/uploads/2025/09/naya-sewa-ayog-1756911689.pdf”]