काठमाडौं, भदाै १९। प्रधानमन्त्री केपी शर्मा ओलीले चर्चित लोकगायिका इन्दिरा गोले गुरुङको निधनप्रति गहिरो दु:ख व्यक्त गर्नुभएको छ ।
फेसबुकमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले नेपाली लोकगीत विशेषगरी तामाङ सेलोमा इन्दिरा गोले गुरुङले बनाएको सुमधुर योगदानको स्मरण गर्नुभएकाे छ । उहाँले लेख्नुभयो, ‘नेपाली लोकगीतमा तामाङ सेलो काठमाडौँ उपत्यका आसपास धेरै लोकप्रिय छ, नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो सुमधूर परिचय बनाउनु भएकी गायिका इन्दिरा गोले गुरुङको निधनको दुःखद् खबर सुनेँ।’
गायिका गोलेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले लोकगीतका पारखी र परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।
लोकगायिका इन्दिरा गोले गुरुङ तामाङ सेलोको आधुनिक लोकप्रिय स्वरुपमा स्थापित नाम मानिनुहुन्छ । उहाँका गीतहरू काठमाडौँसहित देशका विभिन्न भूभागमा निकै मन पराइएका थिए ।













प्रतिक्रिया दिनुहोस्