जनता टाइम्स

२२ भाद्र २०८२, आईतवार ०७:३४

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ओली, सकिँदै विधान महाधिवेशन


काठमाडौं, २२ भदौ ।  नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ । महाधिवेशनमा प्रस्तावित राजनीतिकसँगै अन्य प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले आजै समूहगत सुझाव पेस गर्दै छन् ।

समूहगत छलफलमा उठेका प्रश्नको जवाफ अध्यक्ष केपी शर्मा ओलीसँगै सम्बन्धित व्यक्तिले दिनेछन् ।

अध्यक्ष ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रस्ताव पेस गरेका थिए । जसमाथि १० समूह गठन गरेर छलफल भइरहेको छ ।

समसामयिक प्रस्ताव तयार पार्न योगेश भट्टराईको नेतृत्वमा गठित समूहले तयार पारेको प्रस्ताव पनि महाधिवेशनमा पेस हुँदै छ ।

बैठकले राजनीतिकसँगै समसामयिक प्रस्ताव पारित गरेपछि महाधिवेशन सकिनेछ ।

पार्टीको नीति र विधि तय गर्न शुक्रबारदेखि विधान महाधिवेशन जारी छ ।