जनता टाइम्स

२२ भाद्र २०८२, आईतवार १६:२६

जेनजीलाई बालेन साहको समर्थन: म उमेरको कारण जान मिल्दैन


काठमाडौँ : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई पूर्ण समर्थन जनाउनुभएकाे छ।

उहााले आफ्नो फेसबुकमार्फत साे र्‍याली स्वस्फूर्त र २८ वर्षभन्दा कम उमेरका युवाको रहेको भन्दै यसमा कुनै पनि पार्टी, नेता वा अभियन्ताले आफ्नो स्वार्थ पूरा गर्न नहुने सुझाव दिनुभएकाे छ।

शाहले आफू उमेर हदबन्दीका कारण र्‍यालीमा सहभागी हुन नमिल्ने भए पनि युवाहरूको इच्छा, उद्देश्य र सोच बुझ्न इच्छुक रहेको बताउनुभएकाे छ। ‘भोलीको र्‍याली स्पष्ट र स्वस्फूर्तरूपमा जेनजीको हो, जसका लागि म पनि अझै बुढो देखिन्छु’, साहले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएकाे छ ।

मेयर शाहले युवाहरूलाई सम्बोधन गर्दै ‘कस्तो देश देख्न चाहनुहुन्छ?’ भनी प्रश्न पनि गर्नु भएकाे छ । र्‍यालीमा कुनै पनि राजनीतिक दल, नेता वा कार्यकर्ताले बाठो बन्ने प्रयास नगर्न साहले चेतावनी दिँदै युवाहरूको कुरा बुझ्न जरुरी रहेको र आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गर्नु भएकाे छ ।