काठमाडौं, २३ भदौ । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना छ । भारी वर्षा भने एकाध ठाउँमा मात्रै हुनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली हुनेछ । देशको पहाडी भूभागका केही स्थान र तराई भूभागका थोरै क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।विभागले राति कोसी, मधेस र वाग्मती प्रदेशको पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
सी, मधेस र वाग्मती प्रदेशको पहाडी भूभागका केही स्थानमा र बाँकी पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेशका पहाडी र तराइ भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा दक्षिणतिर अवस्थित छ ।













प्रतिक्रिया दिनुहोस्