काठमाडाैं, भदाै २३ । इटहरीमा जेन-जी आन्दोलन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू हुने निर्णय गर्रनुभएकाे हाे ।
कर्फ्यु इटहरी चोक आसपास क्षेत्रलाई केन्द्रित गरी लागू गरिएको छ।
आन्दोलनमा उत्रिएका जेन-जीका युवाहरूले सोमबार दिउँसो इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगजनी गर्दै तोडफोड गरेका थिए। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियाे ।














प्रतिक्रिया दिनुहोस्