काठमाडौं, भदौ २५ । सुनसरीको झुम्का कारागारबाट मंगलबार राति ठुलो सङ्ख्यामा कैदी बन्दी भागेका छन्।
कारागार प्रशासनका अनुसार भाग्ने प्रयास भइरहेका बेला नेपाली सेनाको टोली त्यहाँ पुगेको थियो। सेनाले केही कैदीलाई नियन्त्रणमा लिएर पुनः कारागारमा पठाएको भए पनि ठुलो सङ्ख्यामा बन्दी फरार भएका छन्।
झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरी कुल १ हजार ७९८ जना कैदी रहेका थिए। प्रारम्भिक विवरणअनुसार भाग्ने क्रममा कैदीहरूले नाराबाजी गर्दै गेट बाहिर निस्कने प्रयास गरेका थिए। त्यसपछि ठुलो सङ्ख्यामा कैदी फरार भएका हुन्। भागेका मध्ये केहीलाई सेनाले रामधुनी जङ्गल क्षेत्रमा नियन्त्रणमा लिएको जनाएको छ।
यसैबिच मोरङका दुई स्थानबाट पनि थुनुवा फरार भएका छन्। इलाका प्रहरी कार्यालय पथरीमा रहेका १४ जना र उर्लाबारीमा रहेका १९ जना थुनुवा मंगलबार राति फरार भएका हुन्।
सुरक्षाकर्मीहरूले फरार कैदी बन्दी र थुनुवाको खोजतलास थालेका छन्।













प्रतिक्रिया दिनुहोस्