काठमाडौं, २५ भदौ । नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष्न ईश्वर पोखरेलले सम्पूर्ण कार्यकर्तामा विषम परिस्थितीमा धैर्य र संयमता अपनाउन आग्रह गर्नु भएकाे छ। सामाजिक सञ्जालमा लेख्दै पोखरेलले सामाजिक सद्भाव र अमनचयनका लागि सबैको पहल प्रयत्न आवश्यक भएको उल्लेख गर्नु भएकाे हाे ।
‘जस्तोसुकै कठिन परिस्थितीमा पनि लोकतान्त्रिक पद्धती,बहुलबादी मूल्य मान्यता,सामाजिक न्याय,विधिको शासन र रुपान्तरणकारी आन्दोलनकारीप्रति अविचलित रहन पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता,समर्थक,शुभेच्छुक तथा आम जनतामा हार्दिक आह्वान गर्दछु’ पोखरेलले लेख्नु भएकाे छ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले आन्दोलनका क्रममा भएको अस्वभाविक बल प्रयोग, त्यसबाट भएको धनजनको क्षति,ऐतिहासिक सम्पदा,सार्वजनिक सम्पती,राजनीतिक दलका कार्यलय र विभिन्न व्यक्तिका निजी निवास तथा सम्पतिमा गरिएको हिंसा र तोडफोडप्रति निन्दा र भत्सर्ना गर्नु भएकाे छ ।













प्रतिक्रिया दिनुहोस्