काठमाडौं, कात्तिक ५ । बुधबारको मन्त्रिपरिषद पुनर्गठनका क्रममा हटाइएका उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पुलचोकस्थित सरकारी क्वार्टर छाड्नुभएको छ।
मन्त्री यादवले सरकारी गाडीसमेत गृह मन्त्रालयमा बुझाएका बुझाउनु भएको हो । उहाले सुरक्षाकर्मी पनि फिर्ता गर्न खोजेका खोज्नु भएको थियो ‘तर, माथिबाट आदेश नआएसम्म जान नमिल्ने भन्दै सेना र प्रहरीका सुरक्षाकर्मीले छाडेका छैनन् । मन्त्रीबाट औपचारिक रुपमा बिदाई हुनुअघि यादव बुधबार राति नै क्वार्टर छाडेर भक्तपुर ठिमीस्थित चारदोबाटोमा डेरा सर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्