काभ्रे, असोज ७ । नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टंकप्रसाद शर्माको निधन भएको छ । मंगलबार बिहान उपचारको क्रममा शर्माको धुलिखेल अस्पतालमा निधन भएको हो ।
शर्मा साउन १० गते नमोबुद्धस्थित बीपी राजमार्गमा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएको थियो । भकुण्डेबेसिबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६२ प ३५७८ नं को स्कुटरले विपरीत दिशाबाट आउँदै गरेको बा. प्र. ०३-०२-००७ प ८८०० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
प्रेस चौतारी नेपालका सदस्यसमेत रहनुभएका पूर्वमेयर शर्मा सरल र मिलनसार ब्यक्तिका रुपमा परिचित हुनुहुन्थ्यो ।













प्रतिक्रिया दिनुहोस्