जनता टाइम्स

५ मंसिर २०७६, बिहीबार १५:२७

मातृका यादवको त्यो अडानले प्रभु शाह बन्न पाएनन मन्त्री


काठमाडौं, मंसिर ५ । निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव यसअघि नै मन्त्री पद छाड्ने सोचाइमा थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशन अबज्ञा गर्दा कालो सूचीमा परेपछि यादव केही समयदेखि चलेको पुनर्गठनमा आफू

सरकारले मन्त्रिमण्डल हेरफेर गरेसँगै बुधबार रातिदेखि यादवको मन्त्री पद गुमेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुरा नमिल्ने र प्रधानन्त्रीले आफ्नो मन्त्रालयको काममा हस्तक्षेप गरिरहेको आरोप लगाएप्छि यादवको सरकारबाट बाहिरिने निश्चित थियो । यादवलाई मन्त्रीबाट हटाइएसँगै मधेसी मुलबाट नयाँ मन्त्री बनाइने र त्यो पद प्रभु साहले पाउने धेरैको अनुमान थियो ।

साहको दाबी पनि थियो । तर मातृकाले प्रचण्डसमक्ष एउटा शर्त राखेका थिए । उनको शर्त थियो, ‘म मन्त्री पद जुनसुकै बेला छाड्न तयार छु । तर मैले छाड्ने बेला रामेश्वर राय यादवलाई मन्त्री बनाउनुपर्छ ।’ यादवले प्रभु शाहलाई मन्त्री बनाउनै नहुने अडानसहित यस्तो कुरा राखेपछि प्रभु साह मन्त्री बन्नबाट रोकिएका हुन् ।

मातृकाले आफूले मन्त्री पद छाडे पनि आफू अनुकुलका व्यक्तिलाई मन्त्री बनाएर प्रभु साहको मन्त्री यात्रा रोकिदिएका छन् । यादव र साहको मधेसमा ठुलै टकराव रहेको छ ।