काठमाडौं, असोज २२। असोज १७ गते रातिदेखि तीनदिनसम्म परेको अविरल वर्षाले बगाएको बिपी राजमार्गको नेपालथोक क्षेत्रमा डाइभर्सन निर्माण गरिएको छ। रोशी खोलाको बाढीले सडकको ठूलो भाग बगाएपछि खोलालाई पुरानो धारमा फर्काएर डाइभर्सन तयार पारिएको हो।
सडक डिभिजन कार्यालय खाल्टेका प्रमुख पारसमणि हमालका अनुसार बाढीले सिन्धुली जिल्लाभित्र करिब एक किलोमिटर सडकमा क्षति पुर्याएको छ। ‘सबैभन्दा अप्ठ्यारो भागमा डाइभर्सन बनाइएको छ, बाँकी काम आजै रातिसम्म वा भोलि बिहानसम्म सक्ने योजना छ,’ उहाँले बताउनुभयो।
बाढीले काभ्रेको चौकिडाँडा क्षेत्रमा पनि सडकमा क्षति पुर्याएको छ। सो क्षेत्रमा समेत डाइभर्सन निर्माणको काम तीव्र गतिमा भइरहेको र एक हप्ताभित्र सम्पूर्ण सडक मर्मत सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
गत वर्ष पनि रोशी खोलामा आएको बाढीले बिपी राजमार्गका विभिन्न खण्डमा क्षति पुर्याएको थियो। यस वर्ष भने सोही स्थानमा अझ बढी क्षति पुगेको प्राविधिक टोलीले जनाएको छ। बाढीका कारण हालसम्म राजमार्गमा नियमित सवारी आवागमन प्रभावित हुँदै आएको छ।













प्रतिक्रिया दिनुहोस्