जनता टाइम्स

२५ आश्विन २०८२, शनिबार १६:३०

चुनौतीको बेला निराशाका कुरा गर्नेले प्रतिकूलतालाई अनुकूलतामा बदल्न सक्दैनन् : शंकर पाेखरेल 


काठमाडौं, असाेज २५। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले चुनौतीपूर्ण समयमा निराशा फैलाउनेहरूले परिस्थितिलाई अनुकूलतामा बदल्ने क्षमता राख्दैनन् भन्ने विचार व्यक्त गर्नुभएको छ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार एक टिप्पणी गर्दै कठिन परिस्थितिमा पनि सकारात्मक दृष्टिकोण राख्नुपर्नेमा जोड दिनुभएको छ । महासचिव पोखरेलले लेख्नु भएकाे छ, ‘चुनौतीको समयमा निराशाका कुरा गर्नेहरूले प्रतिकूलतालाई अनुकूलतामा बदल्ने सामर्थ्य राख्दैनन्।’

उहाँका अनुसार नेतृत्वको पहिचान कठिन घडीमा प्रकट हुन्छ, र यस्ता घडीमा निराश होइन, आशा र समाधानको बाटो देखाउने व्यक्ति नै नेतृत्वका योग्य हुन्छन्।

पोखरेलले वर्तमान राजनीतिक तथा संगठनात्मक अवस्थाको सन्दर्भमा पनि निराशा होइन, दृढता र सकारात्मक सोच आवश्यक रहेको उल्लेख गर्नुभएको छ। उहाँले चुनौतीहरूलाई अवसरका रूपमा रूपान्तरण गर्ने संस्कृतिबाटै देश र पार्टी अगाडि बढ्ने विश्वास प्रकट गर्नुभएको छ ।