कञ्चनपुर, कात्तिक ४। हमास समूहद्वारा बन्धक बनाइएपछि मारिनुभएका नेपाली विद्यार्थी विपिन जोशीको अन्त्येष्टि महाकाली नदी किनारमा गरिएको छ ।
हिजो राति अबेर उहाँको पार्थिव शरीर घर ल्याइएपछि आज बिहान परिवार, नातेदार, स्थानीयवासी र सुरक्षाकर्मीहरूको उपस्थितिमा अन्त्येष्टि गरिएको हो ।
सशस्त्र प्रहरी बलकाे एक टोलीले उहाँलाई सम्मान स्वरूप सलामी अर्पण गरेको थियो । स्थानीयहरूले पनि उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

जोशीको पार्थिव शरीर सोमबार काठमाडौंबाट विमानमार्फत धनगढी ल्याइएपछि सडकमार्ग हुँदै घर पुर्याइएको थियो । उहाँ इजरायलमा कृषि अध्ययनका लागि गएका विद्यार्थीमध्ये एक हुनुहुन्थ्यो, जसलाई हमास समूहले बन्धक बनाएर हत्या गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्