जनता टाइम्स

४ कार्तिक २०८२, मंगलवार १४:४०

तब न केपी ओली, तब पो केपी ओली


विरोधीहरू चाहन्छन्–नेपालमा देखिने र सुनिने केपी ओली नभेटियोस्, उनका देशभक्तिपूर्ण कामको पहिचान मेटियोस्, स्वाभिमानी केपीका समर्थक कहीँकतै नभेटिउन् । विश्व मानचित्रबाट नेपालको नक्सा मेटियोस् ।

गणेश बस्नेत

जता हेर्‍यो त्यतै देख्छु असत्यको खेती
सत्य कुरा गर्नेलाई रोक्छन् बाटो छेकी !
कहिलेसम्म यो संसारमा झुटले शासन गर्ने ?
सच्चाइ र सौन्दर्यलाई अप्ठ्यारोमै पार्ने ? !!
चाहिँदैन मलाई झुटको बङ्गला
चाहिँदैन मलाई असत्यको फाँट !
यसै राम्रो छ सच्चाइको बाटो
अदम्य छ मेरो यसमै डट्ने आँट !!
चाहिँदैन मलाई…

 

निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध जनता जगाउन जनगायक जीवन शर्माले गाउनुभएको यो गीत आजभोलि व्यवहारमा ठ्याक्कै चरितार्थ भएको छ । पछिल्लो समय नेपालमा असत्य र अराजकताको बोलवाला छ । न्यायमाथि कालो बादल मडारिएको छ, संविधानले नचिनेका र कसैले नछानेका बेइमानहरूको झुटको शासन चलेको छ । राजनीतिक दलहरू आगजनीमा जलेर अर्धमुर्छित अवस्थामा छन् ।

दलका नेताहरू आफ्नो मुख बन्द गरेर परिवारका सदस्य र भौतिक सम्पत्ति जोगाउनु पर्ने बडो विडम्बनापूर्ण विवशतामा छन् । विधिको शासन, कानूनी राज, वाक तथा प्रेस स्वतन्त्रता सबै क्षतविक्षत अवस्थामा छन् । सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन र राष्ट्रपति कार्यालय, प्रहरी कार्यालयदेखि व्यक्तिका निजी सम्पत्तिसम्ममा गरिएको आगजनी, लुटपाट र विध्वंसकारी गतिविधिले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीको छविलाई नै बदलिदिएको छ ।

सदिऔँदेखि ‘शान्तिका अग्रदूत गौतम बुद्ध, सगरमाथाको देश नेपाल अनि दया र मायाका खानी शान्तिप्रिय नेपाली’ भनेर चिनिने मुलुक आज विध्वंसकारी, आततायी समूहको भूमि जस्ता अति खतरनाक बिल्ला धारण गर्न पुगेको छ । यसकै परिणामस्वरूप नेपालीमाथि भिसा कडाइ र रोकजस्ता कदम सुरु भएका छन् र विश्व समुदायले नेपालीलाई शङ्काको नजरले हेर्न थालेका छन् ।

जनताको आवाज बोल्ने मिडिया सेल्फ सेन्सरसीपको चपेटामा छन् । नागरिक बोल्न डराउनु पर्ने अवस्था छ । कुन बेला राज्य संरक्षित आपराधिक गिरोह आएर सामूहिक आक्रमण गर्ने हो, त्यसको कुनै ठेगान छैन । अपराधीहरू खुलेआम राज्यका निकायहरूमाथि धम्की दिइरहेका छन् । अवस्था यस्तो छ कि झुटले सत्यलाई खर्लप्पै निल्न लागेको छ । नेपाल सरकारका एक उच्च अधिकारी कात्तिक ३ गते जेनजी समूहको नाममा बाटोमा कुटिएका छन् । सरकार संरक्षित गुण्डाहरूको समूहले यो काम गरेको प्रष्ट भएपछि आपराधिक कर्मको जगमा उभिएको सरकार र त्यसका नाइकेहरू विरुद्ध बोल्न सबै डराइरहेछन् ।

बोल्नेमाथि साइबर क्राइमको अस्त्र हान्न थालिएको छ । प्रधानमन्त्री नियुक्तिको कानूनी पाटो केलाउँदा पत्रकार तथा कानून व्यवसायी स्वागत नेपालमाथि साइबर क्राइमको अभियोग लगाएर आफू विरुद्ध बोल्नेको मुख थुन्न खोजिएको छ । राजनीतिक अस्थिरता, आपराधिक संरक्षण र नागरिक असुरक्षाको जटिल चक्रले लोकतन्त्र र कानूनी शासनमाथि नै गम्भीर चुनौती खडा भएको यस अवस्थामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सतिसाल बनेर खडा हुनुभएको छ । त्यही कारण अपराधकर्ममा लागेकाहरू ओलीविरुद्ध खनिएका छन् ।

हुन पनि केही समययता सत्य बोल्नु, सत्यलाई साथ दिनु भनेको अपराधको कोटीमा दर्ज हुन थालेको छ । देश हाम्रै पालामा बन्छ र हामी बनाउँछौँ भन्नु र त्यो कामको नेतृत्वकर्ता केपी ओली हो भन्ने सत्यलाई मान्नु त जघन्य अपराध नै भइहाल्छ । भदौ अन्तिम सातादेखि त केपी ओलीलाई अहङ्कारी, दम्भी र परिवर्तनलाई अस्वीकार गर्ने व्यक्ति हुन, त्यसैले जेनजी आन्दोलनपछि पनि उनमा सुधार आएन भन्ने जस्ता अनेक फुर्का हालेर आक्रमण र आरोपका बाण हानिरहेका छन् ।

ओलीमाथिको आक्रमण झनै बढेको छ । ओलीविरुद्ध चलाइएको मिसन कति धेरै बलशाली भएको छ भने ओलीले क्रेन लगाएर तानेर हैसियत बनाइदिएका व्यक्तिहरू समेत यति बेला सत्य बोल्न डराइरहेका छन् । आफ्नै अभिभावकको रक्षामा पनि उत्रन सकिरहेका छैनन् । केपीका राम्रा काम र देशभक्तिपूर्ण अडानको सार्वजनिक प्रशंसा त परको कुरा आपसमा कुराकानी गर्नसमेत हिचकिचाइ रहेका छन् ।

सामान्य जानकारी राख्नेलाई पनि थाह छ– जेनजी आन्दोलनको नाममा भएका विध्वंसकारी हर्कतबाट सबैभन्दा बढी अन्याय भोग्ने व्यक्ति केपी ओली नै हुन । तर उनीमाथि नै आक्रमण भइरहेको छ । आफू विरुद्ध सरकारदेखि विरोधी सबै एक ढिक्का भएर आक्रमणमा उत्रिँदा पनि केपी ओली भने उच्च मनोबलका साथ आफूलाई प्रस्तुत गरिरहेका छन् । ओलीको यो अटल आत्मविश्वास देखेर विरोधीहरू आफै बेहोस बन्न बाध्य छन् ।

जेनजी आन्दोलनमा भदौ २४ गते झण्डै ज्यान गुमाउनु परेको अवस्थाबाट सैनिक सुरक्षा भनौँ कि नियन्त्रण भनौँ, त्यसबाट बाहिर आएपछि पनि केपी ओली सत्य र न्यायको पक्षमा एक्लै उभिएका छन् । अरूजस्तो आतङ्कित छैनन् । सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने दृढ अठोट लिएका ओलीलाई आतङ्कित बनाउन सकिन्छ कि भनेर सुशीला कार्की (सुका) नेतृत्वको सरकार ज्यान फालेर लागेको छ । सरकार ओलीलाई कसरी पक्राउ गर्ने भनेर दिनदिनै सुरक्षा निकायका प्रमुखमाथि दबाब दिन सक्रिय छ ।

घाम जत्तिकै छर्लङ्ग छ, नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको भूभाग समेटेर चुच्चे नक्सा जारी भएपछि केपी ओलीविरुद्ध देश- विदेशी मिसन सुरु भयो । यही मिसन जेनजी आन्दोलनमा घुसपैठ गरी रणचण्डी रूप लियो । जेनजीहरूलाई मोहरा बनाउँदै आन्दोलन हाइज्याक गर्ने विदेशी एजेण्ट बालेन साह र सुधन गुरुङको आपराधिक गिरोहबाट देश बनाउन लागेका ओलीदेखि उनले गरेका विकास निर्माणहरू ध्यस्त पार्ने र विकाश योजनामा सघाउने पङ्तीमाथि हाकाहाकी ज्यान मार्ने धम्की आउन थालेको छ ।

घाम जत्तिकै छर्लङ्ग छ, नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको भूभाग समेटेर चुच्चे नक्सा जारी भएपछि केपी ओलीविरुद्ध देश– विदेशी मिसन सुरु भयो । यही मिसन जेनजी आन्दोलनमा घुसपैठ गरी रणचण्डी रूप लियो । जेनजीहरूलाई मोहरा बनाउँदै आन्दोलन हाइज्याक गर्ने विदेशी एजेण्ट बालेन साह र सुधन गुरुङको आपराधिक गिरोहबाट देश बनाउन लागेका ओलीदेखि उनले गरेका विकास निर्माणहरू ध्वस्त पार्ने र विकाश योजनामा सघाउने पङ्तीमाथि हाकाहाकी ज्यान मार्ने धम्की आउन थालेको छ ।

मालिकहरूले आफ्नी भाग्य–हजुरआमालाई प्रधानमन्त्री र पालेलाई गृहमन्त्री बनाइ दिएका छन् भन्ने निडर मानसिकताले बालेन र उनका मतियार सुधन गुरुङहरू शान्त र शालीन रूपमा बसिरहेको एमालेजनमाथि निसाना साधिरहेका छन् । केपी ओली र एमालेविरुद्ध लाग्न मालिकले दिएको आदेश र “कुत्तेका दाना”ले उनीहरूलाई जोस्याइरहेको छ । दिनानुदिन अराजनीतिक हर्कत, अपराध र विदेशी हस्तक्षेपको त्रिकोणीय त्रासदी जनमानसमा फैलिरहेको छ । तर कमाण्डरको एक इसारामै यी बालेन र सुधनजस्ता पतित र देशद्रोहीलाई जमिन मुनी धसाउन एमाले कार्यकर्ता पङ्ती सक्षम छ भन्ने सच्चाइ उनीहरूले बुझ्न सकिरहेका छैनन् ।

विदेशीको दबाब नकार्दै देश र जनताको पक्षमा काम गरेकै कारण एमाले अध्यक्ष केपी ओलीको नाममा गालीको वर्षा भइरहेको बुझ्न अब थप अध्ययन गर्नै पर्दैन । केपी ओली र एमालेमाथिको आक्रमण फेरि कोही कसैले स्वाभिमान, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको झण्डा नउठाओस् भनेर खडा गरिएको विदेशी चक्रब्यूँह हो । यो सत्य छोप्न परचक्रीको पाउ मोल्ने बालेन–सुधन गिरोह जति नै लागे पनि सम्भव छैन ।

अहिले यो गिरोहको देखावटी नेतृत्व प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले गरिरहेका छन् । त्यसैले सुशीला–ओमप्रकाशहरू मालिक रिझाउन हरेक रात केपी ओलीलाई कसरी समात्ने र कसरी डिमोरलाइज गर्ने भन्ने षडयन्त्रका तानावाना बुनिरहेका छन् । उनीहरूको योजना सुन्दा र व्यवहार हेर्दा जनकलाकारको पहिचान बनाएका जनगायक जीवन शर्माले पञ्चायतकालमा गाउनुभएको ‘चाहिँदैन मलाई…’ बोलको जनवादी गीत यतिबेला ठ्याक्कै चरितार्थ भएको छ । सुशीला–ओमप्रकाशहरूको आतङ्कका कारण मुलुकमा सत्यमाथि असत्यको राज चलेको छ । न्यायमाथि अन्यायको हुकुम चलेको छ । विध्वंस र आततायी जत्थाको चक्रब्यूँहमा शान्ति र विधिको शासन फसेको छ ।

संविधानभन्दा बाहिरबाट बनेको सुशीला सरकार देशका लागि काम गरिरहेकाहरूमाथि हुकुमी शैलीमा आदेश फर्मान गरिरहेको छ । जनगायक जीवन शर्माले करिब साढे चारदशक अघि पञ्चायती व्यवस्थालाई चित्रित गरेर सिर्जना गर्नुभएको त्यो गीत अहिलेको अवस्था हेर्दा वर्तमान शासकहरूका लागि पनि उत्तिकै सान्दर्भिक बनेको छ ।

केपी ओलीविरुद्धको आक्रमण हेर्दा यस्तो लाग्छ, सत्यका सबै सिमाना कब्जा गरेर असत्यले उपनिवेश बनाइसकेको छ । सत्य बोल्दा नै ओलीले आफ्नै पार्टीभित्रदेखि विरोधीसम्मबाट दम्भी र अहङ्कारीको आक्षेप खेप्नुपरेको छ । यही प्रश्न आएपछि सम्पादकहरूसँगको भेटमा ओलीले आफ्नो दृढ मान्यता सुनाउँदै भन्नुभयो, ‘मभित्र दम्भ, अहङ्कार केही छैन । तर म जस्तोसुकै जोखिमको अवस्थामा पनि सत्यलाई छाडेर ज्यान जोगाउन झुटको पछिचाहिँ लाग्दिन । सत्यमा अडिग रहन्छु । देशप्रतिको मेरो इमान र समर्पण भावमा कुनै कमी छैन, हुँदैन । कष्ट थपिएला कि भनेर यो कुरामा सम्झौता गर्दिन ।’

एमाले अध्यक्ष केपी ओलीको राजनीतिक यात्रा सदैव चुनौतीपूर्ण र जोखिमपूर्ण रहिआएको छ । केपी ओली विरोधी ग्याङले बुझ्दा हुन्छ– ओलीले व्यवस्था मान र जेलमुक्त होऊ भन्ने पञ्चायती निरङ्कुशताका विरुद्ध अन्तिमसम्म लड्न १४ वर्षे अमानवीय जेल जीवन स्वीकार गरे । २०५० सालमा दासढुंगा दुर्घटनामा तत्कालीन महासचिव जननेता मदन भण्डारी र जीवनराज आश्रितलाई गुमाउनु परेपछि सहकर्मीहरूले पार्टी महासचिव बन्नुहोस् भन्दा जनताको बहुदलीय जनवाद (जबज) खतरामा पर्छ, सीपी, झालनाथहरूले अभियान थाल्छन् भनी जबजलाई रोजेर महासचिव अस्वीकार गरे ।

माओवादीलाई हिंसा त्यागेर शान्तिपूर्ण रूपान्तरणमा ल्याउन सबैभन्दा बढी योगदान दिए । दिल्लीमा भएको १२ बुँदे सम्झौता भाँडिसकेको अवस्थामा गिरिजाप्रसाद कोइरालालाई सम्झाए, मनाए र सहमत गराए । पहिलो संविधानसभा असफल भएपछि म्याद थप गर्न र दोस्रो निर्वाचनपछि संविधान बनाउन निर्णायक भूमिका खेले । २०७२ सालको संविधान निर्माण र घोषणामा सबै शीर्ष भनिएका नेताहरू खुट्टा कमाइरहेका बेला केपी नै खडा भए । संविधान जारी गरेपछि भारतले लगाएको नाकाबन्दी तोड्न केपी नै देशका लागि ढाल बनेर भारतलाई जवाफ दिँदै फेरि कहिल्यै नाकाबन्दी लगाउन नसक्ने पाठ पढाए ।

केपी अरुभन्दा फरक छन्, मृत्यू वीरको पनि हुन्छ, मृत्य कायरको पनि हुन्छ भन्ने कुरा प्रष्ट जान्दछन् । ज्यान जोखिममा पर्ला कि भनी सत्यको साथ छाडेर झुठलाई कहिल्यै अँगाल्दैनन् । जनगायक जीवन शर्माको कालजयी गीत जस्तै “यसै राम्रो छ सच्चाईंको बाटो, अदम्य छ मेरो यसमै डटने आँट” भन्ने संकल्पले त केपी ओली जनताका असली नायक बनेका हुन् । अरुभन्दा फरक छन्, अरुभन्दा अगाडि छन्, अरुभन्दा निडर, निर्भिक र स्वाभिमानी छन् । केपी ओली नेपाली राजनीति र राष्ट्रिय सुरक्षाको अटल प्रतीक बनेका छन् । यी सव तथ्य केलाएपछि बिरोधीले पनि अन्त्यमा भन्नैपर्छ– तब न केपी ओली, तब त केपी ओली ।’

वर्षौँदेखि कसैले आँट गर्न नसकेको नेपाली भूमिलाई समेटेर राष्ट्रिय सहमतिसहित नेपालको चुच्चे नक्सा जारी गराए । प्रतिफल स्वरूप पार्टीभित्र र बाहिरबाट आक्रमण भयो, अदालतमार्फत ‘कु’ गरी प्रधानमन्त्रीबाट हटाइयो, अध्यादेश ल्याएर पार्टी फुटाइयो । अनेक थरी षडयन्त्र गरियो तर केपी गलेनन्, झुकेनन् । एमालेलाई देशको मियो बनाउने दत्तचित्त भएर लागे । अहिले फेरि जेनजीको असन्तुष्टिलाई भजाएर आतङ्क मच्चाइयो । निर्दोष बालबालिकाको हत्या गरेर ओलीविरुद्ध चक्रब्यूँह रचियो, ओली सरकारबाट हट्नु पर्‍यो । बालबाल बाँच्न सफल भए । तर पनि ओलीको स्वाभिमान र आत्मविश्वास कत्ति पनि खस्किएको देखिँदैन । विरोधीहरू चाहन्छन्–नेपालमा देखिने र सुनिने केपी ओली नभेटियोस्, उनका देशभक्तिपूर्ण कामको पहिचान मेटियोस्, स्वाभिमानी केपीका समर्थक कँहीकतै नभेटिउन् । विश्व मानचित्रबाट नेपालको नक्सा मेटियोस् ।’

तर यी सबै षडयत्रका बाबजुद, केपी ओली सतिसाल बनेर खडा छन् । विरोधीहरू त छँदैथिए, पार्टीभित्रका ब्वाँसाहरू पनि विरोधीकै कित्तामा सामेल भएर आक्रमण गर्दासमेत केपीको मनोबल खस्किएको छैन । बाँकी सबैजना आतङ्कसामु झुके पनि केपी ओली झुकेनन् । त्यसैले केपी अरूभन्दा फरक छन्, मृत्यु वीरको पनि हुन्छ, मृत्यु कायरको पनि हुन्छ भन्ने कुरा प्रष्ट जान्दछन् । ज्यान जोखिममा पर्ला कि भनी सत्यको साथ छाडेर झुठलाई कहिल्यै अँगाल्दैनन् ।

जनगायक जीवन शर्माको कालजयी गीत जस्तै “यसै राम्रो छ सच्चाइको बाटो, अदम्य छ मेरो यसमै डट्ने आँट” भन्ने सङ्कल्पले त केपी ओली जनताका असली नायक बनेका हुन । अरूभन्दा फरक छन्, अरूभन्दा अगाडि छन्, अरूभन्दा निडर, निर्भीक र स्वाभिमानी छन् । नेपाली राजनीति र राष्ट्रिय सुरक्षाको अटल प्रतीक बनेका छन् केपी। यी सब तथ्य केलाएपछि विरोधीले पनि अन्त्यमा भन्नै पर्छ– तब न केपी ओली, तब त केपी ओली ।’