जनता टाइम्स

८ कार्तिक २०८२, शनिबार १४:००

डाक्टर तोसिमा पनि सुमनाकै जसरी रवि लामिछानेका सेनाबाट प्रतिाडित, पोखिन् कडा आक्रोश


काठमाडौं, कात्तिक ८ । जेलमा पुग्दा पनि रवि लामिछानेको आदेशमा सञ्चालन हुँदै आएको पार्टी रास्वपाकी केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पुनर्गठनको कुरा उठाउँदा आफूमाथि प्रहार भएको भन्दै आक्रोश पोख्नुभएको छ ।

पार्टीभित्र पुनर्गठनको कुरा उठाउँदा सभापति रवि लामिछानेको विकल्प खोजियो भनेर प्रचार गर्दै आक्रमण भएको खुलासा तोसिमाले गर्नुभएको हो । यसअघि सुमना श्रेष्ठले पनि रविकै सचिवालयका व्यक्तिले आक्रमण गरेको खुलासा गर्नुभएको थियो । रास्वपा नेतृ तथा पूर्वमन्त्री सुमनाले सो पार्टी छाडिसक्नुभएको छ । सुमनाकै बाटोमा तोसिमा देखिनुभएको हो ।

‘पार्टीलाई थप सबल सुदृढ बनाउन खोजिएको प्रयासलाई सभापति रवि लामिछाने विरुद्धको षड्यन्त्र जस्तो बनाएर भाष्य बनाउनु हुने तपाईँहरूको निरन्तर प्रहारले पूरा पार्टीलाई नै कमजोर बनाउने काम नगर्नुहोला,’ तोसिमाको भनाई छ ।

मुख्य राजनैतिक शक्तिको रूपमा विकाश गर्दै रास्वपाले वैकल्पिक शक्ति, नागरिक समाज र जेनजी सबैलाई समेट्नका लागि रास्वपामा सांगठनिक र वैचारिक पुनःगठन पुनरावलोकन आवश्यक रहेको बटमलाइन पनि तोसिमाको छ ।

यस्तो छ तोसिमाको अडान

१. विस्तारित बैठकमा सङ्गठनका साथीहरूको महत्त्वपूर्ण र सक्रिय सहभागिताको लागि अनुरोध गर्दछु।

२.बैठकमा प्रस्तुत हुने राजनैतिक र साङ्गठनिक प्रतिवेदनमाथि सहभागीहरूले राय राख्ने मात्र होइन प्रतिवेदनहरूलाई स्विकार्ने/अस्विकार गर्ने/ तोकिएका संशोधन सहित स्विकार्न पाउने गरी भोटिङ राइट दिइनुपर्छ।

३. जेनजी आन्दोलनपछिको रास्वपालाई यथास्थितिमा रहेर वैकल्पिक शक्तिहरूलाई नसमेटी आसन्न चुनावमा एक्लै जाने छुट छैन । हामी उदार हुनुपर्छ । केन्द्री सचिवालय, पदाधिकारी, समितिको संरचना र नेतृत्वमा पुनरावलोकन पुनर्गठन गरेर वैकल्पिक शक्ति सबैको साझा प्लेटफर्म बन्नुपर्छ ।