जनता टाइम्स

१० कार्तिक २०८२, सोमबार ०९:४१

पाँच एसएसपी डिआइजीमा बढुवा सिफारिश : जेनजी आन्दोलनमा गोली हान्न आदेश दिने विश्व छुटे

काठमाडौं, कात्तिक १० । गृह मन्त्रालयले प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नाम सिफारिस गरेको छ।

मन्त्रालयको बढुवा समितिको सचिवालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआइजीमा बढुवा गर्न पाँच जनाको नाम सिफारिस गरेको हो। मन्त्रालयका अनुसार बढुवाका लागि सिफारिस हुनेमा भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अबि नारायण काफ्ले रहनुभएको छ ।

बढुवामा यसअघि एसएसपीमा पहिलो नम्बरमा बढुवामा परेका एसएसपी विश्व अधिकारी छुट्नुभएको छ । जेनजी आन्दोलनमा काठमाडौं प्रमुख रहेका अधिकारीमाथि आन्दोलनमा चरम दमन गरेको र पटक पटक गोली हान्ने आदेश दिएको कारण बढुवाबाट छुटाइएको स्रोतले जनाएको छ ।

सूचनामा भनिएको छ, ʻनेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी नायव महानिरीक्षक पद सङ्ख्या ५ (पाँच) मा बढुवा गर्न मिति २०८२-०७-०९ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार देहाय बमोजिमको जनपद प्रहरी समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी नायव महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उप-नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ।ʼ