जनता टाइम्स

१३ कार्तिक २०८२, बिहीबार १७:३८

राष्ट्रपतिको भ्रमण स्वीकृतदेखि छापाखाना तथा प्रकाशन नियमावली संशोधन र जर्नेल बढुवासम्मका यस्ता छन मन्त्रिपरिषदका ११ निर्णय (सूचीसहित)


काठमाडौं, कात्तिक १३ । सरकारले राष्ट्रपतिको बिदेश भ्रमण स्वीकृतिदेखि छापाखाना तथा प्रकाशन सम्बन्धी नियमावली संशोधन, संघीय संसदका पदाधिकारीको सुविधा कटौती र सरुवा–बढुवासम्मका ११ वटा निर्णय गरेको छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बुधवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो । मन्त्री खरेलका अनुसार बैठकले
राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत गरेको छ ।

राष्ट्रपति पौडेल यही कात्तिक १७ देखि २० गतेसम्म कतारको दोहामा आयोजना हुने सेकेण्ड वल्र्ड समिट फर सोसियल डेभलपमेन्ट बिषयक कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुने तय भएको छ ।

मन्त्रिपरिषद बैठकले नेपाली सेनाका एक सहायक रथीलाई उपरथीमा र एक प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषदले छापाखाना तथा प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली २०८२ स्वीकृत गरेको छ ।