काठमाडौं, कात्तिक २६ । निर्वाचन आयोगले पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकरण अभियान पार्टी खारेज गरेको छ ।
गौतमले नै आयोगमा पार्टी खारेजका लागि निवेदन दिनुभएअनुसार आयोगले खारेज गरेको हो । नेता गौतम नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएपछि पार्टी खारेज गर्न आयोग जानुभएको हो ।
एमालेमै फर्कन चाहनुभएका गौतम आफूले भनेको पद नपाउने भएपछि नेकपा एकीकृत समाजवादी हुँदै माओवादी अध्यक्ष प्रचण्डले गठन गर्नुभएको नयाँ पार्टीमा पुग्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्