जनता टाइम्स

२ मंसिर २०८२, मंगलवार २०:३७

मधेस सरकारलाई सर्वोच्चले भन्यो– दीर्घकालीन असर गर्ने नीतिगत निर्णय नगर्नू


काठमडौं,  मंसिर २। सर्वोच्च अदालतले मधेस सरकारको विषयमा दोस्रो अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । यसअघि सार्वजनिक सरोकारको रिटमा मधेस सरकारका मुख्यमन्त्रीले कार्यभार सम्हालेकै दिन कामचलाउ हुने गरी सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।मंगलबार न्यायाधीश नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले पुन: अर्को अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले मधेस सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई काम चलाउ कायम गरिदिएको हो ।संयुक्त इजलासले यसअघि सार्वजनिक सरोकारका रिटमा तोकिएको मंसिर ११ गतेको पेसीमा ७४ जना सांसदका तर्फबाट कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दायर गरेको रिटलाई पनि एकसाथ राखी अन्तिम सुनुवाइका लागि पेस गर्ने आदेश गरेको छ ।