काठमाडौं, मंसीर ७ । केपी ओलीबिरुद्ध मोर्चा बनाउँदा आफै सडकमा पुगेका असफल सावित भएका बृद्ध नेताहरु जम्मा भएर गठन भएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा दल दर्ताको प्रमाणपत्र नपाउँदै लफडा चर्किएको छ ।
तात्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल र झलनाथ खनालसँग बरावरीको हैसियतमा सम्झौता गरेर भित्र्याएको तथ्य खुलेपछि लफडा चर्किएको हो । माओवादीसँगको एकता अस्वीकार गरेर हिडनुभएका तात्कालिन नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनाल अन्तिम समयमा सो दलमा आवद्ध हुनुभएको थियो । प्रचण्डले खनाललाई माधवकै जसरी बरावर हैसियतमा राख्ने सहमति गरेपछि खनाल अन्तिम समयमा जानुभएको तथ्य केही दिनअघि मात्रै माधवले चाल पाउनु भएको थियो ।
सो बिषय जानकारी भएपछि प्रचण्डसँग माधव आक्रोशित बन्दै ‘मेरो पिए राख्न पनि नसुहाउने त्यो… सँग सहमति गर्ने ?, मलाई स्वीकार्य छैन, म मान्दिन’ भनेपछि लफडा बाहिर आएको हो । यसबिषयमा खनालले पनि दाहाललाई माधवजस्तो बदमास मान्छे यो दुनियामा आफूले अहिलेसम्म संगत नगरेको बताउनु भएको स्रोतले जनताटाइम्स डटकमलाई बतायो । खनाल र नेपालबीच अहिलेसम्म कोटेश्वरको जग्गाको समेत तुष रहेको पाइएको जिकिर स मेत स्रोतले गरेको छ ।
पञ्चायत कालमै खरिद गरिएको माधव नेपालको कोटेश्वरस्थित निवासको जग्गा खनालको समेत भए पनि हडपेको आरोप खनालले लगाउनु भएको स्रोतले बतायो । एमालेकालमा पनि खनालले माधवमाथि यो आरोप लगाउँदै आउनु भएको थियो । माधव र झलनाथले प्रचण्डकै उक्साहटमा तत्कालीन नेकपामा ओलीबिरुद्ध अभियान चाल्नुभएको थियो । पछि अदालतले दुई पार्टी अलग अलग बन्न अनुमति दिएपछि एमालेबाट ‘बिद्रोह’ को नाममा हिडनुभएका माधव कानून नै संशोधन गरेर नेकपा एकीकृत समाजवादी गठन गर्नुभएको थियो ।
तर सो पार्टीको औचित्य र उपादेयता नरहेको पुष्टि भइ पार्टी नै चलाउन नसक्ने भएपछि माओवादीमा मिसिनुभएको हो । सो पार्टीमा खनाल र नेपालबीच चर्काे लफडा रहेको थियो । अहिले प्रचण्डले बनाएको पार्टीमा सो लफडा सरेको हो । स्रोतका अनुसार नेकपा एसबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकतामा सामेल दुई समूहको विवाद चरम बनेको छ । केन्द्रीय कमिटीमा एसका तत्कालीन अध्यक्ष नेपाल पक्ष र अर्का नेता खनाललाई अलग्गै कोटा तोकिएको छ । खनाललाई दिइएको कोटामा नेपालले गम्भीर आपत्ति जनाएको स्रोतले बतायो ।
उता अलग्गै घटकका रूपमा एकतामा सामेल भएका नेता भीम रावलले छैठौँ वरीयता पाउँदा एसबाट एकतामा सामेल हुनुभएका माधव नेपालका प्रिय जनताको बहुदलीय जनवादमा पिएचडी गर्नुभएका डा. बेदुराम भुसाल निकै असन्तुष्ट देखिनुभएको छ । आफैले गरेको अध्ययनबिरुद्ध गएर पदकै लागि जनताको बहुदलीय जनवाद पोलेर खानुभएका भुसालले रावललाई माथिको बरियता दिएर आफ्नो अपमान भएको भन्दै आँसु झारेपछि माधवले प्रचण्डसँग आक्रोश नै पोख्नुभएको स्रोतले जनताटाइम्स डटकमलाई बतायो ।
तर प्रचण्डले एमालेमा भुसालभन्दा रावल नै नेता हो भन्दै माधवलाई थर्काएर पठाउनु भएको छ । हुन पनि एमालेको नवौँ महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित हुँदा भुसाल सोही केन्द्रीय कमिटीमा पोलिटब्युरो सदस्यमात्रै हुनुहुन्थ्यो । माधवको फेरो समातेर नेता बने पनि भुसाल अहिलेसम्म जनताबाट कुनै पनि चुनाव जित्न नसकेको नेतामा पर्नुहुन्छ । आफैले पढेको बिषयको समेत बिरुद्धमा जाने भएकोले भुसाल टोलमा पनि चुनाव नजित्ने गरेको आरोप बिगतदेखि नै लाग्दै आएको छ ।
नेकपा एसको नेताका लफडाले प्रचण्डसमेत के भाउतो आइलाग्यो भन्दै भन्न थाल्नुभएको छ । एकतापछि नवगठित नेपाली कम्युनिष्ट पार्टीको केन्द्र, प्रदेश, जिल्ला र जनसङ्गठनलाई समायोजन गर्ने विषयमा पटक पटक छलफल हुँदा यो बिषय बाधकका रुपमा देखिएको हो । एकताअघि तत्कालीन एकीकृत समाजवादी र माओवादी केन्द्रबीच ४५–५५ प्रतिशतका दरले केन्द्रीय कमिटी गठनको सहमति भएको थियो । सो कोटामा अव माधव र झलनाथ आधार आधा हुने अवस्था रहेको छ ।













प्रतिक्रिया दिनुहोस्