जनता टाइम्स

७ मंसिर २०८२, आईतवार १८:४९

सुदन गुरुङलगायत जेनजी नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी


काठमाडौं,  मंसिर  ७। एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि विराटनगर एयरपोर्टबाट बाहिरिने क्रममा भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै फोर्सले यस्तो चेतावनी दिएको हो । घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको उल्लेख गर्दै फोर्सले आवश्यक कारबाही गर्न नेपाली कांग्रेसलाई पनि आग्रह गरेको छ ।

शनिवार मात्रै सुधन गुरुङ लगायतका समूहले एमाले नेता किसान श्रेष्ठको घरमा पुगेर गुण्डागर्दी शैलीमा परिवारका सदस्यलाई धम्की दिएको विषयमा पनि ध्यानाकर्षण भएको फोर्सले जनाएको छ ।