प्रहरी संगठनमा प्रवेश गर्दादेखि नै ’डन’को दोहोलो काढ्ने भनेर कहलिएका प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापा तथा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतसम्म ठमेलका रात्रीकालीन व्यवसायीको पछिल्लो गुनासो कानमा परिसकेको छैन वा परेर पनि एसएसपीद्धय चुप बसेका हुन् ? त्यो अबका दिनमा देखिएला
काठमाडौं, मंसीर ८ । राजधानीकै प्रमुख पर्यटकीय गन्तब्य ठमेलमा यतिबेला फेरि छोटे ’डन’ सल्बलाउन थालेका छन् । खासगरी पर्यटक केन्द्रित ठमेल रात्री व्यवसायका लागि पनि प्रख्यात मानिन्छ । दिनभर जसो शान्त रहने ठमेल जव रात ढल्कँदै जान्छ, तब छोटे ’डन’ सल्वलाउँदा रात्री व्यवसायी तनावमा पर्छन् ।
आफ्नो शक्ति देखाउने नाममा आ–आफ्नो समूहबीच झै–झगडा गर्दै ग्याङवार गर्न तम्सिने छोटे ’डन’का कारण रात्री व्यवसायी तनावमा परेका हुन् । प्रहरीकै अगाडि समूह–समूहबीच विवाद र हानाहान हुँदा पनि प्रहरीले मौनता देखाउने गरेको व्यवसायीको गुनासो छ ।

’जेनजी’ आन्दोलनपछि गिरेको प्रहरी मनोवल अझैसम्म पनि उस्कन नसकेको हो वा सरकारमा रहेका प्रधानमन्त्री र मन्त्रीहरुकै संरक्षण रहेकोले प्रहरीले वास्ता नगरेको हो ?’ भन्ने प्रश्न व्यवसायी गरिरहेका छन । अघिल्लो वर्षदेखि प्रहरीको समेत सक्रियता र स्वीकृतीमा ठमेल चौविसै घन्टा सञ्चालनमा रहने देशकै एकमात्र व्यापारिक क्षेत्र बनेको थियो । तर, छोटै समयमा ठमेल फेरि आतंकित बन्नेतिर ढल्कँदै गएको देखिन्छ ।
विगतमा दिपक मनाङे ग्याङले दिनुसम्म दुःख दिएको ठमेलका व्यवसायी अहिले ठ्याक्कै त्यस्तै अवस्थातर्फ उन्मुख हुन खोजिरहेको बताउँछन् । ज्यान मार्ने उद्योगमा जेल सजायँ भोगिरहेका दिपक मनाङेको ठमेलमा भौतिक अनुपस्थिति रहेता पनि उसैको नाम जप्दै ठमेलमा पछिल्लो समय छोटे ’डन’हरुले ठमेल कब्जा गर्ने रणनीति अख्तियार गर्दैछन ।

यसअघि ठमेलमा आतंक मच्चाउँदै हिँड्ने मनाङेका भाई रेम्बो लागू औषध मुद्दामा पक्राउ परी कारागार चलाउन भएपछि केही समय ठमेल शान्तजस्तै देखिन्थ्यो तर, उनी कैद सजाय पूरा गरी फेरि ठमेलमा सार्वजनिक हुँदै गर्दा ठमेलको रात्रीकालीन व्यवसायमा प्रतिकुल असर पर्न थालेको आभाष मिलेको छ ।
यतिसम्मकी ड्यूटीमै रहेको प्रहरीलाई नै ऊप्रति नै संकेत गर्दै आमाचकारी गाली गर्दा समेत प्रहरीले मौनता देखाउनु पर्ने कारण अझ बुझिनसक्नु छ । प्रहरी संगठनमा प्रवेश गर्दादेखि नै ’डन’को दोहोलो काढ्ने भनेर कहलिएका प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापा तथा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतसम्म ठमेलका रात्रीकालीन व्यवसायीको पछिल्लो गुनासो कानमा परिसकेको छैन वा परेर पनि एसएसपीद्धय चुप बसेका हुन् ? त्यो अबका दिनमा देखिएला ।













प्रतिक्रिया दिनुहोस्