जनता टाइम्स

१३ मंसिर २०८२, शनिबार २२:०२

दिदी बहिनी महिला बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा 


रामेछाप, मंसिर १३  । रामेछापको सदरमुकाम मन्थली स्थित महिलाहरूले मात्र सञ्चालन र व्यवस्थापन गरेको दिदी बहिनी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औँ साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाले सोविता सुवेदीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा लक्ष्मी थापा, सचिवमा कल्पना सत्याल, कोषाध्यक्षमा यशोदा घिमिरे निर्वाचित हुनु भएको छ ।

त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिको अध्यक्षमा पार्वती पाठक घिमिरे चुनिनु भएको छ ।

जिल्ला बच संघका अध्यक्ष हिमाल ढुङ्गेलको प्रमुख आतिथ्यतामा भएको साधारण सभाको उद्घाटन कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघमा अध्यक्ष जगन्नाथ दाहाल लगायत सहकारीका सम्बन्धमा धारणा राख्नु भएको थियो ।

साधारण सभाले अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिका अध्यक्षको प्रतिवेदन छलफल पछि पास गरेको छ । सो सहकारीको कारोबार रकम करिब ८४ लाख रुपैँया पुगेको छ ।

संस्थाको लगानी भएको कुल ऋण ५४ लाख ६३ हजार ५ सय रहेको छ भने शेयर पुँजी २ लाख ९० हजार ६ सय रहेको छ ।

संस्थाको साधारण जगेडा कोषमा ६ लाख ७ हजार ४ सय ३१ रहेको छ । सुरक्षित पुँजी फिर्ता कोषमा ५ लाख ८३ हजार १५ रुपैँया रहेको छ । अन्य वैधानिक कोषहरूमा  ८ लाख ५५ हजार ७ सय ७१ रहेको छ ।