जनता टाइम्स

१४ मंसिर २०८२, आईतवार २१:०७

हायातको क्यासिनोबाट १४ करोड लुटेको आरोपमा दुईजना पक्राउ


काठमाडौं,  मंसिर १४। हायात होटलको क्यासिनो तोडफोड र नगद चोरीमा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं ६ बौद्ध बस्ने ४२ वर्षका सेठ्ठी भन्ने दावा शेर्पा बुढानीलकण्ठ १२ बस्ने २९ वर्षका रणे भन्ने रन्जीत खड्का रहेका छन् ।उनीहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसूर र आपराधिक उपद्रव गर्न नहुने कसूरमा जिल्ला अदालतबाट ७ दिनको म्यान लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
गुण्डागर्दी पृष्ठभूमिका सेट्टी र रणेले खुकुरी बोकेर क्यासिनोमा प्रवेश गरेर लुटपाट गरेर हिँडेको भिडियोमा देखिन्छ । उनीहरुले क्यासिनोबाट १४ करोड नगद लुटपाट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । बौद्ध क्षेत्रमा गुण्डागर्दी गर्दै आएका उनीहरुले यसअघि क्यासिनोमा भारतीयको परिचयपत्र बनाएर नेपालीलाई प्रवेश गराउने गरेको आरोप छ । बौद्ध क्षेत्रमा उनीहरुले हप्ता असुली समेत गर्ने गरेको स्थानीयहरू बताउँछन् । होटल हायात रिजेन्सीले जेनजी प्रदर्शनमा भएको लुटपाट र आगजनीबारे अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएको थियो ।