काठमाडौ, मंसिर २७ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन भएको छ ।
शनिबार पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट पार्टीको झण्डा फहराएर उद्घाटन गर्नुभएको हो ।
पार्टीका हजारौँ हजार नेता कार्यकर्ता तथा जनसमुदायको उपस्थितिमा भक्तपुरको तीनकुने स्थित नेपाल ट्रष्टको मैदानमा ओलीले महाधिवेशनको समुद्घाटन गर्नुभएको हो । ओलीले उद्घाटन गरेसँग पार्टीको ११ औ महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ ।
महाधिवेशनको बन्दसत्र भोली र पर्सी काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ ।














प्रतिक्रिया दिनुहोस्